कथा>> / साहित्यिक लेखहरु>>

लघुकथा~ ‘लुतो आयो’

#लघुकथा
शीर्षक-‘लुतो आयो’

साउने सक्रान्तिको दिन लुतो फालेर साझको खाना खाई सकी हामी बुढाबुढी सुत्ने तर्खरमा थियौ तर छोराछोरीहरु त्यही एउटा टुकी माझमा राखेर पढ्दै  विद्यालयको गृहकार्य गर्दै थिए। म भने खाटमा पल्टीएर बिबिसी समाचार सुन्दै थिए।

देश गाउ टोलमा घटेका घटना कतै बाढी पहिरो, कतै मानिस मरेका कतै के कतै के यस्तै घटनाहरु सुनिरहदा मन नै स्तव्द भएको थियो। तर बेलाबेलामा राजनीतिक खबर सुन्दा नेताहरुको कुराले आक्रोशित बनाउदै लगेको थियो। यत्तिकैमा विविसी समाचार पनि सकियो, बुढी पनि भाडाहरु धोएर ल्याइसकेर बिस्तरातर्फ आइसकेकी थिई। अव निदाउनु पर्छ भनेर कोख फेर्न थाल्दा बाहिरवाट एउटा आवाज आयो, ‘ओ दाई, ओ माल्दाई’ यो आवाज मेरै कान्छो भाईको थियो।
सधै रातीमा केही आपत् आइलाग्यो भने मलाई यसै गरी सम्झन्थ्यो र बोलाउथ्यो। आज पनि उसको आवाज आत्तिएको जस्तो र ठुलै आपत् आएजस्तो लाग्यो। बोलाउन पनि दुई तिन चोटी बोलाईसक्यो। म पनि आत्तिदै घर बाहिर निक्लिए आगनबाटै आत्तिदै “के भयो र कान्छा?” भने। यत्तिकैमा उताबाट “ल है लुतो आयो दाई, लुतो” भन्यो। म झसङ्ग भए, अघि भर्खर लुतो फालेको कति चाडो बिर्सिएको आज राति कसैले बोलाएनी नबोल्नु भन्दथे गल्ती गरिएछ। रातभरी निद्रा लागेन।

©लेखक: पदम प्रसाद पौडेल
कपिलबस्तु ( हाल – धरान )

image

टिप्पणी छोड्नुहोस्