अनुभबहरू>> / प्रस्तुति>> / लेखहरू>> / समाचार तथा जानकारी>> / paudelpadamprasad

के हो त यो ग्रेडिङ सिस्टम???

★★के हो त यो ग्रेडिङ सिस्टम??★

हाल एसएलसी रिजल्टको ग्रेडिङ सिस्टम धेरैजसोले बुझेका छैनन्। बुझ्न खोज्नेले पनि गलत गरिकाले बुझेर झुटो प्रचार गरिरहेका छन्। खासमा यो ग्रेडिङ पद्धति के हो? यसको आवश्यकता किन पर्यो? यो ग्रेड पोइन्ट कसरी मापन गरिन्छ? यसरी पाएको ग्रेड पोइन्टलाई कसरी पुरानो तरिकामा बदलेर नम्बर तथा प्रतिशत निकाल्न सकिन्छ?? भन्ने जस्ता कुरा नबुझी यसको बारेमा गलत अर्थ लगाउनु मुर्खता हो।

जुन कुरा निरपेक्ष(Absolute) हुन्छ, त्यसलाई कुनै पनि आधार विन्दु (reference point)लाई लिएर नाप्नु पर्दैन, सिधै नाप्न सकिन्छ । त्यसैले एकै प्रकारका बस्तुहरु जसलाई निरपेक्ष मापन (absolute measurement) मा नापिएको हुन्छ, त्यसलाई सिधै तुलना गर्न सकिन्छ। तर यसलाई खासै वैज्ञानिक मानिदैन। जुन कुरालाई निरपेक्ष मापन (absolute measurement) नाप्न सकिदैन र नाप्न सकिनेलाई पनि अझ वैज्ञानिक वनाउनका लागी कुनै आधार विन्दु (reference point) लिएर सापेक्षिक मापन (relative measurement) गरिन्छ। जसबाट सुचक, ग्रेड बिन्दु जस्ता कुराहरुमा प्रस्तुत गरिन्छ।

यस्तै हाम्रो पढाई, अध्ययन तथा सिकाइ भन्ने कुरालाई खासमा नाप्न सकिदैन तर बेलाबेलामा कसले कति पढेको छ, कति जानेको छ, कति सिक्यो भनेर नाप्नुपर्ने हुन्छ यस्तो अवस्थामा सापेक्षिक मापनले हामीलाई धेरै ठुलो सहयोग गर्दछ।
एकबर्ष लगाएर पढेको कुरा तिन घन्टामा तैपनी सिमित प्रश्नहरुद्वारा मानिसको पढाई स्तर मापन गरिनु वैज्ञानिक त हैन तर यसलाई अझ ब्यबस्थित र वैज्ञानिक जस्तो बनाउनका लागी पहिलेको नम्बर, प्रतिशत, डिभिजन, पास फेलको पद्धतिलाई तोडेर यो सालको एस् एल सी सापेक्षिक मापन पद्धति (ग्रेडिङ पद्धति)मा आयो। जुन मापन पद्धतिमा कुनै एक जनाले ग्रहण गरेको नम्बरलाई आधार बिन्दु(reference point) मानेर अन्य बिद्याथीको स्तर सुचक नम्बर (ग्रेड पोइन्ट) निकालिन्छ।
अहिलेको यो एसएलसी ग्रेडिङ पद्धतिमा पनि प्रत्येक बिषयमा सबैभन्दा उच्च नम्बर ल्याउनेको नम्बरलाई आधार मानेर अन्यको ग्रेड पोइन्ट पत्ता लगाइएको थियो। जसको विस्तार ० देखी ४ सम्म थियो। जसमा ० ल्याउनेले ०% नम्बर ल्याएको र ४ ल्याउनेले १००% ल्याएको भन्ने नभई ० ल्याउने अरु भन्दा कमजोर र ४ ल्याउने अरुभन्दा उत्कृष्ट भन्ने बुझिन्छ।
जस्तै यदी नेपालमा सबैभन्दा बढी नम्बर कसैले ९८ ल्यायो भने त्यसको नम्बरलाई ४ ग्रेड पोइन्ट मान्दा ८६ नम्बर ल्याउनेको ग्रेड ३.५१ हुन्छ। सबै बिषयमा यस्तै गरी ग्रेड पोइन्ट निकाली ग्रेड पोइन्ट एभरेज (जिपिए) निकालिन्छ। यसरी आएको डाटालाई पुन ए, बि, सि, डी ग्रेड भनेर छुट्याइन्छ। यस ग्रेडिङ सिस्टम धेरै वैज्ञानिक र व्यवस्थित भएकाले यसबाट धेरै फाइदा हुन्छ।

हाल यो ग्रेड पोइन्ट लाई ४ ले भाग गरी १०० ले गुणा गरेर प्रतिशत निकाल्ने गरेको पाइन्छ तर यो तरिकाले प्रतिशत निकाल्ने पद्धति गलत हो। साधारण तरिकाले प्रतिशत निकाल्न देशभरबाट सम्बन्धित बिषयमा उच्च नम्बर ल्याउने बिद्यार्थीको नम्बर पत्ता लगाएर त्यसबाट आफ्नो ग्रेड पोइन्टलाई नम्बरमा र नम्बरलाई प्रतिशतमा बदल्न सकिन्छ। यसरी निकालेको प्रतिशत हामिले गलत तरिकाले निकालेको प्रतिशत भन्दा अवश्य कम हुन जान्छ। त्यसैले कसैले जिपिए ४ ल्यायो भने उसले १००% ल्याएको मानिदैन तर उसको नम्बर/स्तर तुलनात्मक तरिकाले सर्वश्रेष्ठ मानिन्छ।

©लेखक: पदम प्रसाद पौडेल
कपिलबस्तु, हाल धरान

image

धन्यवाद सेतोपाटी

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )