प्रस्तुति>> / लेखहरू>>

बुद्ध जयन्ती, बुद्ध र बुद्ध दर्शन

#बुद्धजयन्तीको_अवसरमा।

हाल बुद्धलाई एक विवादास्मक व्यक्तित्वको रुपमा उभ्याइएको छ। बुद्धलाई कुनै धर्मको पक्षमा त कुनै धर्मको बिपक्षमा, यसैगरी बिभिन्न देशहरुले आफ्नो देशको भनेर दावी गरेका उदाहरणहरु धेरै छन्।
हिन्दु धर्मले भगवान बिष्णुको नवौ अवतारको रुपमा बुद्धलाई वकालत गरीरहेको बेला यसको बिपक्षमा अन्य धर्मालम्बीहरुले वकालत गरीरहेका छन्। यसैगरी नेपालले बुद्ध नेपालमा जन्मिएका हुन भन्दै प्रचार गरिरहेकोमा भारतले नक्कली लुम्बिनी/कपिलबस्तु बनाएर बुद्ध भारतमा जन्मिएका हुन भनिरहेको छ।

तर बुद्धले नत म यो धर्मको नत उ धर्मको भनेर ज्ञान दिएका थिए। अनि उनले यो पनि भनेनन् कि म यो देशमा जन्मेको, म यो देशको भनेर पनि।

खासमा बुद्धले दिएका ज्ञानहरु प्रचार गर्नुको सट्टा तथा उनले दिएका ज्ञानहरुलाई व्यवहारमा उतार्नुको सट्टा बुद्ध यो देशमा जन्मिएका हुन भनेर प्रचार गरिदैछ। जुन कुरा सत्य हो त्यो आफै निक्लन्छ, त्यसलाई निकाल्नुपर्ने आवश्यकता देखिदैन यसले अझै विवाद, लडाई, झगडा, अशान्ति फैलाउछ।
अहिले बुद्धले व्यक्ति/समय/अवस्था अनुसार दिएका फरक फरक ज्ञानहरुलाई विवादमा बाझेर कुनै धर्मलाई गिराउन तथा प्रतिस्पर्धा गर्न थालिएको छ।

वास्तवमा हामी मानवीय तथा अन्य स्वार्थ भन्दा माथी उठेर बुद्धको प्रचार गर्नुभन्दा बुद्धका दर्शनलाई व्यवहार उतार्नु तथा प्रचार गर्नु मै सबैको हित हुन्छहोला जस्तो मेरो विचार छ। ]]

!!बुद्ध जयन्ती को अवसरमा सम्पूर्णलाई शुभकामना!!

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )