प्रस्तुति>> / लेखहरू>> / paudelpadamprasad

अति सुन्दर घर – नया शक्ति नेपाल

→अति सुन्दर घर – नया शक्ती नेपाल←

सारा नेपाल र नेपालीको अहिलेको वर्तमान माग तथा अपरिहार्यताको विषय भनेको ‘आर्थिक क्रान्ति’ हो। यही आर्थिक क्रान्तिको मुल लक्ष्य बोकेर उभिन खोजीरहेको छ ‘नया शक्ति नेपाल’। यसका मुख्य संयोजक ‘बाबुराम भट्टराई’ले नेपालीलाई दश बर्षे जनयुद्ध पछि नेपालीलाई बोल्न, आफ्नो अधिकार प्राप्त गर्न सिकाएका छन्। यति मात्र नभइ राजतन्त्र हटाउन तथा संबिधान जारी गर्नमा उनको ठुलो योगदान थियो।

कुनै बेला जनताले सर्वाधिक मन पराईएका त कहिले जनतालाई छारो हानेका भन्नेजस्ता कुराले बेलाबेलामा उनी चर्चामा आइरहन्छन्। म दिनदिनै उनको अभिव्यक्ति सुन्छु, फेसबुक टुइटरमा उनका बिचारहरु पढ्छु। उनका ती कुराहरुबाट लाग्छ की नया शक्ति एउटा सारा नेपालीहरुको आखा तान्ने खालको घर बन्दैछ जस्तो। म पनि एकदिन त्यसैमा लठ्ठिएर त्यो घर नजिक पुगेको थिए। यसो झ्यालबाट मुन्टो छिराएर हेरेको त क्या खतरा लाग्यो, पुरै इन्जिनियरिङ डिजाइन नै रहेछ, सायद आफू आर्किटेक भएर डिजाइन गरेका। सबै ठिकै लाग्यो तर ढोकै नेर पुगी भित्र छिर्न लाग्दा एउटा स्टक्चरमा मेरो टाउको ठोकियो। भो भित्र नजाने भन्दै ढोकैबाट फर्केर आए। त्यहा मेरो र डिजाइनरको बराबर गल्ती देखियो। मैले हेर्दै नहेरी हिड्ने र उनीहरुले त्यस्तो ठोकिने स्टक्चर बनाउने। मलाई पाले ले सम्झाए ‘बाबु यो घर बनिसकेको छैन, तपाई पनि यसलाई राम्रो आरामदायी बन्नमा सहयोग गर्नुस’। ए हो त नी है भन्ने बिचार आएकाले मैले फेरी उक्त घरलाई पुलुक्क हेर्न पुगे।

मैले उनका अभिव्यक्ति तथा उनका कार्यकता/सदस्यहरु बाट बुझेको कि नया शक्ति नेपालमा आध्यात्मवादी हरुको लागी खासै स्थान राखीएको छैन रे। गाठी कुरा बुज्दा उनीहरुका विचारमा आध्यात्मवादी भनेको आर्थिक/भौतिक विकासको (भौतिकवादको) विपरीत धुर्व हो रे। मैले यो कुरा बुझाउन सकिन की ‘आध्यात्मवाद र भौतिकवाद भनेका दुइ धुर्व तथा सिक्काका दुइ पाटा नभइ, विकास निर्माण र समाज सुधार नामको एक रथका दुइ पाङ्ग्रा हुन भनेर। मलाई लाग्छ की, जति सुकै विकास भए पनि समाजको स्तर तल छ भने त्यो भनेको बादरको हातमा नरिवल जस्तै हो।

एकजना बाजेले मलाई बाटैमा भेटेर यो पनि सोधेका थिए की ‘बाबु अहिले समाज समावेशीता तथा समानता तिर गइरहेका बेला अझै पनि यी ‘बाबुराम भट्टराई’ ले महिला, मुसलमान,हिन्दु,  यो जात उ जात, यो जातीय क्षेत्र त्यो जातिय क्षेत्र भन्दै हिडेका छन् केे यही हो त नया शक्तिको नया रुप??’ म त्यसको उत्तर दिन नसक्दा म मरेतुल्य भए।
यत्तिकैमा मलाई मेरै मयुर प्वाखले बोलाईरहेको थियो। म बेलाबेलामा पछाडी फर्कदै त्यो सुन्दर घर हेर्दै आफ्नै गन्तव्यतिर लागे।
अझै पनि बेलाबेलामा बाटामा हिडेका बटुवाहरुलाई त्यो घर र यी दुइ कुराको ’boutमा सोध्ने गर्दछु।

©लेखक:- पदम प्रसाद पौडेल।
{कपिलबस्तु, हाल धरान}

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out / बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out / बदल्नुहोस )

Google+ photo

You are commenting using your Google+ account. Log Out / बदल्नुहोस )