कथा>> / साहित्यिक लेखहरु>> / paudelpadamprasad

नारीहरुको गलत दृष्टिकोण

#लघुकथा ~ नारीहरुको गलत दृष्टिकोण

म र नरेश समाजको वर्तमान अवस्थाको ’boutमा कुरा गर्दै एक चिया पसलमा चिया पिइरहेका थियौ। त्यतिकैमा हाम्रै क्याम्पसको साथी सङ्कर हस्याङ फस्याङ गर्दै आयो। हामीले देख्दै थियौ की सधै मलाई देख्दा हासेर बोल्ने साथी आज एकदम रातो पिरो भएर पसिना चुहाउदै हल्का डराएको पारामा हाम्रै टेबलमा आएर बस्यो। हामीले के भयो भनेर सोध्दा एकछिन पछि भन्छु भन्ने इसारा गर्यो। हामीले अलिअलि लख काट्यौ की उ आज पीडामा छ, उसलाई आज कसैले केही गरेको छ भन्ने ’bout।

सङ्कर मैले जान्दा देखि नै एक बिशेष व्यक्ति ठानेको थिए। उ धेरै विधा पढाइ, साहित्य, खेलकुद, गीतसङ्गित तथा अन्य बाहिरी कुरा राजनीतिक, दार्शनिक,प्राबिधिक जस्ता क्षेत्रमा रुचि राख्थ्यो। उ गत ३/४ बर्ष देखी एकान्त रुचाउने, धेरै सोच्ने, समय बितेको पत्तो नपाउने, आफ्नो दैनिक कामहरु पनि बिर्सने अर्थात उसले आफूलाई केही कुरा सोच्न मै लगाएको हुन्थ्यो। यो कुरा मलाई उसको परिवारवाट पनि जानकारी आएको थियो। उसलाई मैले धेरै पटक साझ ८/९ बजेतिर बाहिर एकान्तमा डुलिरहेको त कहिले बिहान ६ बजे तिर नै जङ्गलको नजिकै गएर गीत गाउदै गरेको भेटेको थिए। यस्तै असाधारण व्यवहारका कारण गाउतीर पागल र क्याम्पसतिर ‘साइको’ भन्न थालिसकेका थिए भने जान्ने बुझ्नेले उच्च स्थानमै पनि गन्थे।

लगभग ६ मिनेट पङ्खामुनी बसी पानी पिए पछि केही साधारण जस्तै भयो। अनि उसले अघिको प्रश्नको उत्तर दिन थाल्यो।
हाम्रो क्याम्पस नजिकै एउटा सालघारीको जङ्गल छ, उ प्राय त्यहा गइरहन्थ्यो एक एकान्त स्थानको खोजीमा। आज पनि उ त्यस जङ्गल भित्र करिब २०० मिटर भित्रसम्म पुगेछ। त्यहा पुगेर उ काठको मुढामा बसेर सोच्न थालेछ। चराचुरुङ्गीको चिरबिर आवाज, चिसो हावा, गाईबाख्राहरु, गोठालाहरु, दाउरा खोज्न तथा पात टिप्न आएका मानिसहरु अनि समग्र प्रकृतिको मनोरमले उ लठ्ठ भएछ, झन पछि उ झन एकदम भित्र छिर्दै सोच्दै गएछ।
उसले भन्दै थियो- “एकजना मानिस म नेर आइ आफ्नो बाइक रोक्यो। यत्तिकैमा उसले एक झापड पनि हान्यो, त्यसपछि त्यहा वरवरका ३/४ जना महिलाहरु पनि आए। कसैले चप्पल कसैले लठ्ठी लिएर हान्ने तयारीमै आए। मलाई त्यहा १ मिनेटमै सयौ प्रश्न सोधियो तर जवाफ दिनका लागी १ सेकेन्ड समय पनि दिइएन अर्थात मेरो उत्तर सुन्नतिर कोही लागेनन्। ‘ त को होस्, त यहा किन आएको? के गाउघरमा केटीहरु छैनन्? तेरो घरमा दिदी बहिनी छैनन्? जा गएर आफ्नै आमा,दिदीबहिनी जिस्काएर बस्’ भन्दै तथानाम गलिहरु गरे, मलाई मात्र नभएर मेरो आमा बा दिदी बहिनीहरुलाई पनि अश्लील शब्दहरु प्रयोग गर्दै गाली गरे। अन्त्यमा केटोले भन्यो ‘त यहाबाट खुरुक्क जा अबदेखी यहा आइस भने तेरो हात खुट्टा भाचिदिन्छु, टुक्राटुक्रा हुने गरी काटीदिन्छु।’ यत्तिकैमा ती महिलाहरुले यसलाई त्यत्तिकै बाकी छोड्न हुन्न हामीले यसलाई गिरगिराएर बाटोमा लगी जुता माला लगाएर गाउ घुमाउनु पर्छ भन्दै थिए। अनि मलाई लतारेर बाटोसम्म ल्याई सबैले लात्ता हानी फर्किए। म बल्लबल्ल उठेर यहा सम्म आए।”

साथीले यति भन्दै आफ्नो हात खुट्टामा लागेको घाउ देखाउदा मेरा आखामा आसु आएका थिए। मेरो रगत एकदम तातिसकेको थियो, साथीले भन्यो “ओए हिड तिनी सालेहरुलाई अहिल्यै सिध्याईदिउ। म पनि त्यस्तै विचारमा थिए, क्याम्पसबाट विद्यार्थी र प्रशासनबाट पुलिस बोलाएर तत्काल प्रतिकार गर्नुपर्छ भने। यत्तिकैमा पसलेले भने- “यहाको समाज यस्तै छ, जे हुनु भैगो अव होसियारी अपनाउनु, यसरी तपाईहरु लाग्नुभयो भने तपाईहरुको पनि ज्यान खतरामा हुनेछ। त्यसैले प्रतिकार भन्दा पनि बचाउ तथा सचेतन बन्न तिर लाग्नुस”। हामीले सोच्यौ हुन पनि हो यहा यस अघि पनि धेरै डरलाग्दा घटना घटेका थिए॥ हामीहरु चिसियौ। अनि बुझ्ने प्रयास गर्यौ कि ‘हाम्रो समाजको स्तर कस्तो छ, समाजमा नारीहरुको अवस्था कस्तो छ, उनीहरुको हामीप्रति हेराई कुन अवस्थामा कस्तो छ, समाजमा अज्ञानता कति छ, नारीहरुमा कती डर छ’ यस्तैयस्तै। हामीले राम्रोसग बुझ्दा ती महिलाहरुले शङ्करलाई गलत नजरले हेरेका अर्थात शङ्करले आफूहरुलाई छोप्न आएको भन्ने गलत दृष्टिकोणका कारण त्यो मान्छेलाई बोलाई कुट्न लगाएको हाम्रो ठहर रह्यो।।

©लेखक:- पदम प्रसाद पौडेल।
{कपिलबस्तु, हाल धरान}

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out / बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out / बदल्नुहोस )

Google+ photo

You are commenting using your Google+ account. Log Out / बदल्नुहोस )