अनुभबहरू>> / लेखहरू>> / paudelpadamprasad

के म नेपाली हु त???

मलाई नेपालमा जन्माइएको थियो अर्थात म नेपालमा जन्मेको हु। मलाई थाहा छैन म पृथ्वी जन्म लिन आएको हु की नेपालमा जन्म लिन भनेर र मलाई यो पनि थाहा छैन की पृथ्वी पहिला बनेको हो की नेपाल पहिला?
म नेपालमा नेपालकै नागरिकले जन्माएको भन्दै नेपाली भन्ने नाम त यसै गरी ब्राहमणको कुलमा जन्मिएकाले ब्राहमण भन्ने नाम पाए। मैले नेपालमै नेपालीद्वारा जन्मिएकाले नागरिकता पनि पाए।
तर मलाई थाहा छ की न त मैले नेपालका लागी भनेर केही गर्नाले नै नेपाली भए नत मैले ब्राहमणका लागी छुट्याएको कार्यसिद्धी गर्नाले नै ब्राहमण नै भए। मलाई लाग्छ यी सबै म माथी थुपारिदिएका भ्रमहरु हुन्। यदि मैले आफ्नो लक्ष्यमा सफल भए भने एक नेपाली सफल भएको मानिनेछ र यसै गरी मैले आफ्नै बदनाम हुने गरी केही कार्य गरे भने एक नेपालीले गल्ती गर्यो भन्ने हुनेछ।

मलाई अझै यो कुरा पनि थाहा छ कि यदी यो देश पछि भारतले खोस्यो भने मलाई एक इन्डियनको नाममा गनिनेछ। यि सिमा तथा यो देश,त्यो देश भन्ने कुरा मानिसले नै बनाएको हो, यही कुरामा काटाकाट मारामार गर्छु,  म यो देशको लागी यो गर्छु भन्ने मेरो मनमा केही बिचार छैन।

वास्तवमा म यो ठोकुवाका साथ भन्छु की मलाई मेरी आमाले जन्माउनु भए तापनि न त आमाको नै, नत नेपालमा जन्मिएकाले म नेपालको नै हु। म त मलाई जसले बनायो र जसले मलाई यहा जन्म लिन पठायो उसैको नै हु। तर यो होइन की म आफ्नो आमा र आफ्नो देशलाई माया गर्दिन भन्ने। म आफ्नो आमा तथा देशलाई अति नै सम्मान गर्छु, परेको बेला सहयोग गर्न तत्पर छु। किनकी उनीहरुले नै हो मलाई जन्माउने, हुर्काउने, शिक्षादिक्षा दिने गरेका; उनीहरुको यो सहयोग म कहिल्यै नभुल्ने बाचा गर्छु।

मलाई कसले यहा पठाएको हो, मलाई यहा के काम गर्न किन पठाएको हो, मैले त्यो काम सक्न के गर्ने, मैले उसले दिएको काम सकेपछि कहा जाने भन्ने’bout मलाई बुझ्न १८ बर्ष लाग्यो अर्थात मेरो पहिलो जीवन नै समाप्त भयो। अब रहेका बाकी जीवन उसले गर्न पठाएको काम सम्पन्न गर्न मै खर्चिनेछु र मलाई काम गर्न दिइएको अबधी सकेपछि पहिले जसरी यहा आएको थिए उसै गरी फर्कनेछु।

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out / बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out / बदल्नुहोस )

Google+ photo

You are commenting using your Google+ account. Log Out / बदल्नुहोस )