कथा>> / साहित्यिक लेखहरु>>

कथा:- Sorry सरस्वती माता

कथा:- Sorry सरस्वती माता

‘जुन थालमा खायो त्यही थालमा चुठ्यो’ भन्ने उखान नेपालमा धेरै नै प्रचलित छ। खासमा प्रचलित मात्र होइन अति नै चर्चित पनि छ । वास्तवमा हामी सबैले धेरै कुरामा त्यस्तै नै गर्छौ। खानन्झेल दुइचार थाल थपिथपि खायो, खाइसकेपछि अन्तिममा त्यसैमा चुठेर हिड्छौ। त्यस्तै हामीहरुलाई बुबाआमाले सानोमा कति दुख गरेर हुर्काए, बढाए, पढाए, ठुलो बनाए  तर पछि हामीले  ’emलाई लात्ति हानेर हिड्छौ । त्यस्ता थुप्रै उदाहरण हामीले जहातही भेट्न सक्छौ। जस्तै,

आजभोली करिब एकहप्ता अघिदेखि फेसबुक, टुइटर, इन्स्ट्राग्राम, स्टम्बलअपन र  बल्गहरु जस्ता सामाजिक संजालहरुमा, २/४ जना मानिस जम्मा भएका ठाउमा, चौतारीमा, छहारीमा, बैठक/सभाहरुमा, स्कुलमा, कलेजमा, बाटोबाटोका भित्ता पोलहरुमा, बजारहरुमा जताततै एउटै कुराको बहस भइरहेको देख्छु। जता गयो, जे देख्यो, जे सुन्यो, जे भेट्यो, सबैतिर त्यही कुराको वर्णन गरिएको पाएको छु। आखिर खास कुरा के रहेछ भनेर बुझ्ने प्रयास गरेको त बल्ल ठेट कुरा थाहा पाए । यहि फाल्गुन २ गते त ‘प्रेमदिवस’ पो रहेछ। मलाई ति देखेका भेटेका र अहिले भइरहका कुराप्रति अति नै अचम्म लाग्छ। कोही एक बर्ष देखि नै यहि दिनको प्रतिक्षामा बसिरहेका, कोही एक बर्ष पहिलाको गल्ति सच्याउने प्रयास गरिरहेका, कोही रसि काड्दै गरेका, कोही डोरी बाट्दै गरेका, कोही कोही जाल बुन्ने दाउमा, यस्तै अनेक कुरा प्रत्यक्ष देख्ने मौका मिल्यो। यस्तै कोही दुइ तिन हप्ता अघि देखि कसरी प्रपोज गर्ने, कस्तो प्रसनालिटीमा जाने, कस्तो फूल दिने, कस्तो प्रेमपत्र लेख्ने आदी कुराहरु प्राक्टिस गरिरहेका, कोही ट्रेनिङ दिइरहेका, त्यहा न कसैलाई उमेरले छेकेको थियो नत कुनै रुप रङ्ग बानीले नै। सबै आफ्नै आफ्नै धुनमा, जसलाई इङलिसको ‘इ’ पनि भन्न  आउदैन उसले “आइ लभ यू” भन्नका लागी प्राक्टिस गरिरहेका, कोही आफ्नो हात काटेर छालामा प्रेम/प्रेमीकाको नाम खोप्दै गरेका, कोही आफ्नै रगत निकालेर ‘लभ लेटर’ लेख्दै गरिरहेका यस्ता धेरै नै पागलहरुले गर्ने जस्ता क्रियाकलापहरु मैले नियालिरहेको थिए। भएको सम्पत्ति बेचेर, चोरेर, फोरेर, लुटेर भएपनि आफ्नो ‘एक्ट्रनल प्रसनालिटी’ राम्रो देखाउन कार भाडामा लिएर ‘फाइभ स्टार’ होटल धाउनेहरुको चर्तिकला देख्दा त संसार नै उल्टिएछ की जस्तो लाग्यो।

मलाई अरु केही थाहा छैन फाल्गुन १ गते शनिवार ‘सरस्वति पुजा (बसन्त पन्चमि / श्रीपन्चमि)’ छ। म उक्त दिनमा विद्याकी देवी ‘सरस्वती’ माताको कसरी स्तुती गर्ने, कसरी प्राथना गर्ने भनेर सोच्दै छु, त्यस बिशेष दिनको प्रतिक्षामा छु, दिनका महत्वपूर्ण पलपलहरु त्यही बिशेष दिनको लागी खर्चिएको छु। एउटा भएपनि उनको स्तुतीको श्लोक याद गर्ने प्रयास गरिरहेको छु, उहाकै बयान गर्दै साहित्यिक लेखहरु लेख्ने प्रयत्नमा छु। मैले आजसम्म जेजे सिके, जेजे प्रगति गरे सबै उहाकै कृपाले नै गरे। त्यसकारण उहाको त्यो देन कहिल्यै बिर्सन सक्दिन। मैले उहालाई सधै सम्झिरहनुपर्छ, मैले सधै सम्मान गरिरहनुपर्छ किनकी अझै पनि उहालाई अझै फकाउनुपर्ने छ, उहाबाट अझै धेरै कुरा धुत्न बाक नै छ।

मलाई एकदिन साथीले सम्झाउदै थियो “ओए, सबै ‘भ्यालेनटाइन डे’को प्रतिक्षामा छन, त भने ‘सरस्वती पुजा’को तयारीमा छस; तेरो यो पारा ठिक भएन, सरस्वती पुजा त सधै गरे पनि हुन्छ। नभए अर्को बर्षदेखी गर्दा पनि हुन्छ। त्यसमा त कुनै उमेरको सिमा पनि छैन, बुढेस कालसम्म गर्दा पनि हुन्छ तर तैले यो उमेरमा र अहिलेको प्रेम दिवसमा मन परेको केटीलाई प्रपोज गरेनस भने त्यो केटी पनि अर्कैले टप्काउछ, त पनि बुढो हुदै जान्छस अनि जिन्दगीभर एक्लै पछुताउनु पर्ला बेलैमा होस गर।” उसले भनेका हरेक कुरा सम्झिए, मैले सोचे उसको कुरा एकदम ठिक हो। हो मैले अहिलेको साल सरस्वती पुजा गर्नु हुदैन। प्रेमको पुजा गर्नुपर्छ। मैले तुरुन्त नया कार्यको थालनी गरे। एउटा ‘लभलेटर’ तयार पारे अनि प्रपोज कसरी गर्ने भनेर प्राक्टिस गर्न थाले। त्यसको केही समयपछि सरस्वती मातालाई एउटा क्षमा पत्र लेख्न मन लाग्यो र लेख्न थाले।
“पुज्यनीय सरस्वती माता उपरोक्त सम्बन्धमा मैले बर्षौबर्षदेखि गर्दै आएको तपाईको पुजा अहिलेको वसन्त पन्चमीमा गर्न असमर्थ भए। त्यसका लागी ह्रदयदेखि नै क्षमा दिनुहोला। मलाई तपाईले धेरै कुरा सिकाउनु भयो, तपाईले मलाई पढ्न लेख्न सिकाएकै हुनाले अहिलेको प्रेमदिवसको दिन प्रेमिकाको लागी ‘लभ लेटर’ लेख्न सफल भए। त्यसका लागी धेरैधेरै धन्यवाद। अनि अर्को कुरा अब चाडै नै अर्को सेमेस्टरको परिक्षा आउदैछ, त्यस परिक्षा राम्रो गर्न सकियोस जसका लागी गोप्य तरिकाले तपाईको मन्दिरमा रु एक हजार को नोट घुसस्वरुप चढाउनेछु। समय मिलेछ र  भने अनुसारको अवस्था भएछ भने अवश्य अर्को साल तपाईलाई पुज्ने छु।
Sorry सरस्वती माता Sorry”

{ यस ब्याङ्गात्मक कथालाई बुझेर राम्रो कुरा मात्र लीने प्रयास गर्नुहोला। }
© लेखक:- पदम प्रसाद पौडेल
paudelpadamprasad@gmail.com
कपिलबस्तु (हाल धरान)

image

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out / बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out / बदल्नुहोस )

Google+ photo

You are commenting using your Google+ account. Log Out / बदल्नुहोस )