लेखहरू>> / समाचार तथा जानकारी>>

जीवनमा सफल कसरी हुन सकिन्छ?

{एउटा अत्यन्त ज्ञानमूलक लेख पढ्नुहोस् ( ५ मिनेट )}

  ‡‡‡जीवनमा सफल कसरी हुन सकिन्छ?‡‡‡

हरेक प्राणी, मानिसलाई हरबखत केही न केही समस्याले सताइरहेको हुन्छ। उनीहरु मध्ये कोही खुसी र कोही दुखी देखिनुमा उनीहरुले ती समस्याहरुलाई कसरी लिएका छन् भन्ने कुरामा निर्भर रहन्छ। संसारका सबैभन्दा ठुला र सफल मानिसलाई नियाल्ने हो भने पनि यो कुरा पुस्टि हुन्छ की, ‘उनीहरु त्यो सफलता चुम्न धेरै नै समस्या भोगेर मात्र सफल भएका हुन’।

           संसारका मुख्य चार समस्या जन्म, मृत्यु बुढोपन र रोग हुन्। यी समस्याहरुबाट नत कोही टाढा नै भाग्न सक्छ नत कोही यी समस्याहरुलाई हटाउन तथा भगाउन नै सक्छ। आखिर सबै जन्मनुपर्छ, म बुढो हुन चाहन्न भनेर पनि हुदैन, रोगबाट टाढा भाग्छु रोगलाई हटाउछु भनेर पनि सम्भव छैन, यस्तै सबै एकदिन मर्नै पर्छ। हरेक जीव मुख्य यी चार समस्याबाट पीडित हुन्छन्।

           समस्यासग प्रतिक्रिया गर्ने चार ओटा तरिका छन्; समस्याबाट टाढा भाग्न खोज्नु, समस्यालाई टाढा भगाउन खोज्नु, समस्यासग जुध्नु तथा समस्याको समाधानको बाटो खोज्नु र समस्यासग तटस्थ रहनु। यी चार मध्ये सबैभन्दा उत्तम समस्यासग तटस्थ रहने नै हुन्छ। जो समस्यासग तटस्थ रहन्छ, समस्याहरुको कुनै परवाह नै गर्दैन, आफ्नो काममा लागी पर्छ, उ मात्र जीवनमा सफल हुनसक्छ, उ मात्र सुखि खुसि भएर बाच्न सक्छ र उसले मात्र जीवनलाई राम्रोसग बुझेको हुन्छ। हामीहरु समस्याबाट जति नै टाढाटाढा हुन खोजौला तर समस्या हामीबाट कहिल्यै टाढा भाग्दैन। त्यस्तै समस्याहरुसग जुध्दै समस्याहरु समाधान गर्दै गइयो भने ‘ब्रह्मचारी चेलोको कथा’मा जस्तै एक समस्या समाधान गर्यो कि अर्को नया अझै ठुलो समस्याले सताइहाल्छ। हामीले गर्न आटेको कुनै पनि काम राम्रोसग गर्नै सकिदैन। सारा जिन्दगी नै समस्या समाधान गर्दै बित्दछ। तर एकपछि अर्को गरि आउने ती अनगीन्ति समस्या कहिल्यै हट्दैनन्। बरु जो समस्याहरुलाई केही वास्ता नै गर्दैन्, समस्याहरुलाई समस्याको रुपमा लिदैन, समस्यालाई अझ काम गर्ने उर्जाको रुपमा लिन्छ, भएभरका समस्याहरु भोग्दै ’emसग लडाइ नगरिकन, ’emलाई नबोकिकन आफ्नो काममा अगाडी बढ्छ, आफ्नो लक्ष्यमा तल्लिन रहन्छ, उसले मात्र जीवनमा केही गर्न सक्छ र अन्त्यमा सफल भएरै छोड्छ। तपाईले हरेक सफल ठुलाठुला व्यक्तिको जीवनी हेर्नुस, यहि रहस्य भेटाउनु हुनेछ।

         यदि तपाई आस्तिक हुनुहुन्छ भने यसरी बुझ्नुहोस-
तपाई यस संसारमा दुई दिनको पाहुना हो। तपाईले यस संसारमा अझै कयौ जुनी बिभिन्न प्राणीहरुको रुपमा बिताउन बाकी नै छ। अहिलेको जन्मका बुबा आमा, घरपरिवार, साथिभाई अर्को जन्ममा के बन्छन् के बन्छन् केही टुङ्गो छैन, तपाईको दुस्मन पनि बन्न सक्छन्। उनीहरुले आफ्नो कर्तव्य तपाइप्रति कति पुरा गरे त्यो नहेर्नुहोस। त्यो हेर्ने काम तपाईको हैन। तर तपाइले उनीहरुलाई गर्नुपर्ने कर्तव्य कहिल्यै नभुल्नुहोस। त्यसैले यस्ता कुराको लेखाजोखा माथिबाट नै गरिएको हुन्छ। तपाईले कर्म अनुसारको फल यहि जन्ममा वा अर्को जन्ममा अवश्य पाउनुहुनेछ। तपाईको आयु, तपाईको भबिष्य, तपाईले पाउने दुखसुख सबै पहिले नै निर्धारण गरिएको हुन्छ। तपाईले यसलाई चाहेर पनि परिवर्तन गर्न सक्नु हुन्न। तपाई यदि बिरामी हुनुभयो भने पनि आफ्नो दैनिकि काम सकि नसकि भएपनि गर्ने प्रयास गर्नुस, म बिरामी भएको छैन भन्ने सोच्नुस, मलाई कुनै समस्या दुख कष्ट आइपरेको छैन भनेर सोच्नुस, आफ्नो आहारबिहार, सरसफाईमा ध्यान दिनुस्। तपाइले आफ्नो क्षमताले भ्याएसम्मको गर्नुहोस्। नचाहिदा खर्च गर्ने, रिन लगाइ लगाई उपचार गर्ने, अरुलाई दुख दिने पटक्कै नगर्नुहोस्। मुख्य चार समस्या लगायत कुनै पनि समस्याबाट नआत्तिनुहोस, नडराउनुहोस, ती समस्या सबैले भोग्नुपर्छ।यि चार समस्या भन्दा माथिमाथिका कुरा सिक्दै जानुहोस, अरुलाई पनि सिकाउदै जानुहोस। जन्म मृत्यु तथा ती चार समस्याको वास्तै नगर्नुहोस। मन ज्ञान तथा बुद्धिको तहलाई बढाउदै जानुहोस। आफ्नो जीवनका लागी एउटा लक्ष्य लिनुहोस्। लक्ष्यप्रति कटिबद्ध भएर लाग्नुहोस्। यति गरे पछि अन्त्यमा सफलता के तपाईले नपाएर मैले पाउछु त? ल भन्नुस।

© लेखक: पदम प्रसाद पौडेल
   कपिलबस्तु ( हाल धरान) paudelpadamprasad@gmail.com

image

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out / बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out / बदल्नुहोस )

Google+ photo

You are commenting using your Google+ account. Log Out / बदल्नुहोस )