कथा>> / साहित्यिक लेखहरु>>

कथा ‘नगर भित्रका फोहोरहरु’

एउटा अत्यंत मन छुने सामाजिक कथा ( फूर्सदमा पढ्नुहोस् )

कथाको शीर्षक छ ‘ नगर भित्रका फोहोरहरु

म त्यो बेलासम्म धेरै नै नगरहरु घुमिसकेको थिए। ती घुमेका धेरै नै नगर सबै फोहोर नै फोहोरले भरिएका थिए । त्यहा रहेका हरेक खोला नालाले अमृतरुपी जल बोक्नुको सट्टा कालो गन्याउने बाक्लो लेदो बोकेका हुन्थे । त्यस्तैमा मलाई लाग्थ्यो। बजारै भरी दुर्गन्ध फैलाउदै हिड्ने नालीलाई के थाहा यही नालीमा बगेको पानीले अरुलाई कति पीडा दिइरहेको छ भन्ने कुरा। बिचरा त्यो नाली उसको पनि के गल्ती, प्रकृति म तिमीमा स्वच्छ अमृतरुपि जल बगाउनमा सहयोग गर्छु भनेर बनाएको थियो। तर ती पापी जो आफूलाई स्वच्छ सफासुग्घर र उपल्लो दर्जाको स्थानमा राख्न रुचाउछन्, जो अझ सरसफाई गर्नुपर्छ, हाम्रो सभ्यता पहिचान र ज्ञानको तहलाई यही सरसफाईले नै परिभाषीत गर्छ भन्दै भाषण ठोक्दै, नारा घन्काउदै हिड्ने तर उज्यालो नहुदै फोहोरका पोकाहरु सडकको डिलमा फाल्नेलाई म मान्छे गन्दिन। आखीर उनीहरु नै हुन ति फोहोरका प्रमुख स्रोतहरु भनेकै । आखिर फोहोरको सुव्यबस्थापन गर्नु पर्छ भन्दै फोहोर सङ्कलन गर्दै हातमा कुचो र पिठ्युमा ‘फोहोर मलाई’ भन्ने डोको बोकेका कुचिकार तथा फोहोर सङ्कलकलाई किन हेला गरिन्छ त यहा? उनीहरुलाई त झन नगरकै उपल्लो दर्जामा राख्नुपर्ने हैन र, उनीहरू त सम्मानपुर्वक बाच्न पाउनु पर्ने हो नी त। त्यो त बिचरा ‘आकाशको फल आखा तरी मर’ भने जस्तो हो, अझ उनीहरूलाई त झन ‘खाते फुटपाथ’को सज्ञा दिइदो रहेछ ।

एकदिन म र मेरो एकजना पहाडी दुर्गम गाउको साथी हरिसङ्खर त्यस्तै एउटा नगरीमा प्रवेश गर्नुपर्ने भयो चार बर्षको सिलसिलाको लागी। म भने यस्ता धेरै नगर घुमघाम गरिसकेको हुनाले मलाई यो नगर पनि उस्तै फोहोर होला भन्ने लाग्यो र पहिले नै फुल पाईन्ट फुल सर्ट ग्लोब्स हेड कभरिङ टोपी लगाए। तर त्यो हरिसङ्खरलाई जति सम्झाए बुझाए पनि मान्दै मानेन। बिचरा मानोस पनि किन, उता गाउमा घर वन घुम्दा आउने फूल तथा प्रकृतिको बास्ना र चिसो हावाले वाक्क भएको थियो। उसलाई त्यही एउटै गाडीको धुवा नै चमेलीको अत्तर भन्दा पनि बढी मन पर्न थालीसकेको थियो। मलाई भने त्यो नगरमा एकछिन पनि बस्न गाह्रो भइसक्न थालेको थियो। तर उसले भने नाकले अझ बढी श्वास तान्दै आहा कति मिठो बास्ना भन्दै तानिरहेको थियो। म भने त्यो नगरीमा देखिएका फोहोरहरुबाट टाढाटाढा हुन चाहिरहेको थिए । अनि यो चार बर्ष यी फोहोरहरुबाट कसरी बच्ने, यी फोहोरहरु कसरी हटाउने भनेर सोच्दै थिए । तर उसलाई भने ती फोहोरहरूले पुरै नै तानिसकेका थिए । उ तीनै फोहोर तिर नै लम्कीसकेको  थियो । एकछिन मै फोहोरहरूसग परिचय गर्यो, फोहोर कै साथी बन्यो, अनि फोहोरकै रुपमा काम गर्न थाल्यो, एकछिन मै उ भने फोहोर मै परिणत भएजस्तो लाग्यो । मलाई थाहा थियो एउटा अमुल्य हिरालाई फोहोरहरुले तानेर फोहोर नै बनाइसकेका थिए। अब त्यो हिरालाई पछि कुनै राम्रो मनले भेटायो भने उसले त्यस फोहोरमा परिणत भएको हिरालाई सफा गरेर पुन: हिरा मै ल्यायो भने मात्र त्यो हिराको जिन्दगी बन्छ नत्र फोहोर कै रुपमा सडेर जान्छ । मैले त्यो अमुल्य हिरा त्यस्तो फोहोरहरुको समुहमा जान नदिन धेरै नै प्रयास गरे तर त्यही हिराकै आफ्नै तौल र फोहोरहरूको आकर्षण बलका कारणले मेरो हातबाट फुत्किन पुग्यो। मलाई चिन्ता लागिसकेको थियो अब गाउघरमा गएर के जवाफ दिने? भन्ने कुरा। हुनत मैले के पो गर्न सक्थे र? त्यत्रो १७/१८ बर्ष पुगेको केटोलाई मैले के सम्झाउने? सम्झाएर पनि पटक्कै मान्ने होइन। अब त बुझ्न भइसक्यो, आफै दुख पाएर राम्रो कुरा बुझेर मात्र बाग्मतिबाट सुन्दरीजल तर्फ पाइला मोड्छ भन्ने कुरामा दृढ रहे।

त्यो नगरको गेटमै पुग्दा २/४ ओटा फोहोरहरु आए। उनीहरुले अनेक कुरा गरे। आफ्नो आफ्नो परिचय दिए। हामीहरुलाई पनि केही कुरा सोधे हरिशंकरले भने पूर्ण रुपमा चाँदी लेपन गरेको ऐनाले जस्तै सबै सत्य कुरा जस्ताको तस्तै परावर्तन गर्दै भगयो । म भने बुझिसकेको थिए यिनीहरु फोहोरहरू हुन् फोहोरहरूसग किन नाता बढाउने? भनेर चुपचाप नै रहे। हरिसङ्करलाई भने २/४ फोहोर मध्ये कसैले काधमा कसैले खुट्टामा कसैले हातमा कसैले कम्मरमा समाउदै तान्न लागे, बिचरा हरि सबैको तानातानमा चार टुक्रा त बन्ने हैन भन्ने हुन लाग्यो। यस्तैमा एउटाले भन्थ्यो ‘तिम्रो हरेक काम म गरिदिन्छु, तिमीलाई कुनै गाह्रो पर्न दिन्न ‘। अर्कोले फेरी भन्यो ‘हेर भाइ यो नगरमा दादा भनेको म नै हो, सबैले मैले भनेकै मान्छन्, आउ म सग तिम्रो हरेक काम बसीबसी चुड्कीकै भरमा गरिदिन्छु। यस्तैमा अर्कोले भन्दै थियो ‘ भाइ हाम्रो पावर भनेको मेजर देखी सेयर सम्म छ, सबैले हामीलाई नै सोधेर काम गर्छन् । हिड हामीसग तिमीलाई यस नगरकै राजा जस्तै गराएर राख्छौ ‘। मलाई भने बिचराको चिन्ता लाग्न थाल्यो उसलाई त सिध्याउने नै भए भनेर । त्यतिकैमा ती चार फोहोरहरू एक आपसमा लड्न कराउन पिटापिट गर्न थाले। त्यही मौकामा हामी दुई गएर नगर प्रवेशका कागजात मिलाउन थाल्यौ। मलाई हल्का खुसी लाग्यो ती कागजात धन्न खोस्न पाएनन् ’emले । म कागजात मिलाउदै गर्दै गर्दा अर्को एउटा फोहोर आएर हरीलाई त लिईगएछ । म भने चार बर्षको लागी एउटा डेराको खोजीमा लागे र दुई दिनमै डेरा खोजी सेटल भएर बस्न थाले।

त्यो नगरका हरेक कार्यहरुमा ती फोहोरहरूले डिस्टव गर्न थालिसकेका थिए। ती फोहोरहरूको सही परिचालन गर्न नसक्दा 4R को सिद्धांतमा पनि केही लिमिटेसन भएको देखिन पुग्यो। एक ठाउबाट फोहोर हटायो अर्को ठाउमा फोहोर थुप्रने, एक फोहोरलाई 4R ले समाधान गर्यो कि त्यही चिज अर्को कामका लागी फेरी फोहोर नै बन्दो रहेछ । म मजस्ता आफूलाई फोहोरबाट टाढा राख्न खोज्नेहरू खोज्दै तिनीहरूलाई साथी बनाउदै गए। हामीहरुलाई फोहोरहरुको माझमा बसेर काम गर्न निक नै गाह्रो हुदै गएको थियो। हामीले केही राम्रो काम गर्न लागे पनि एउटै फोहोर आएर पनि त्यो काम नै फोहोरहरुले गरेजस्तो बनाईदिन्थ्यो। हामीलाई त्यहा श्वास फेर्न देखी लिएर अन्तरआत्मालाई चिन्तन गर्नेसम्मका काममा फोहोरहरुले अति नै बाधा पुर्याइरहेका थिए। लगभग धेरैजसो काम नै फोहोरहरूले नियन्त्रणमा लिन्थे र हाम्रो श्रेय नै उनीहरूलाई मिल्थ्यो। त्यस नगरका हरेक क्षेत्र प्रशासन,शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरंजन, विकास तथा निर्माण जस्ता महत्वपूर्ण क्षेत्रहरूमा उनीहरूकै प्रभुत्व थियो। लगभग दैनिक जसो फोहोरफोहोर बिच झगडा, स्वच्छ शान्त चिजमाथि फोहोरहरुको आकर्मण, कुटपिट हुनथाल्यो।सुरक्षाकर्मी/फोहोर नियन्त्रक त्यो क्षेत्रमा खटाउन नपाइने भएता पनि खटाउनु पर्ने बाध्यता हुन पुग्यो । कहिले केको पार्टी कहिले केको पार्टी राती १२/१ बजेसम्म होहल्ला, जाडरक्सि, गाजा चरेस, हिरोइन, कोकिन, ब्राउन सुगर को खुलेयाम तस्करी बिक्रीबितरण हुदा पनि तिनै फोहोरहरूको धम्की र डरका कारणले न त हामीले न त माथिल्लो निकायले केही गर्न सकेको थिएन।आज उनीहरूलाई यस्सो उनीहरूलाई यसो गर्न हुदैन, यो नराम्रो काम हो भन्न लाग्यो कि पुरै कुरा भन्न नपाउदै उसको टाउको फुटिसकेको हुन्थ्यो। केन्द्रीय फोहोरहरूको संरक्षणको कारणले क्षेत्रीय साना झिनामसिना फोहोरहरूले दिउसै सडकमा कालरात्री मनाउदै हिड्थे। सबैको भलो हुने काम गर्न थाल्यो कि यो किन गरिस? कसलाई सोधेर गरिस? भन्दै फाँसीमा चडाइएका घटना पनि यहा घटनाहरु धेरै रहेछन् । सामाजिक बिकृतिहरु यिनै फोहोरहरुकै कारणले मैलाईरहेका अनि समाजको स्तर अझ बढि खस्किदै गएको देख्दा भगवानलाई पनि यस्तो अबस्थामा आयु निर्धारण गर्ने काम वाक्क लागेजस्तो मलाइ लाग्थ्यो। फोहोरहरूको मुख्य हतियार भनौ या बिशेष क्षमता ‘रोग उत्पादन र सार्न सक्नु’, त्यो हतियार कसरि खोस्ने होला भनेर मैले सधै सोच्ने गर्थे।

हरिसङ्कर र म त्यस नगरीमा आएको एक बर्ष बितिसकेको थियो। मलाई यो एक बर्षमा फोहोरहरूले निकै नै रोग सारिदिएका थिए, म हरबखत छटपटाइ रहन्थे, आत्तिइरहन्थे । अब मसग दुइ ओटा बाटो मात्र थिए। यो चार बर्षे काममा सफल त भइदै भइन्न, अब यो तीन बर्ष पनि कसरी बाच्ने कित म पनि हरिसङ्कर जस्तै फोहोर मै परिणत हुनुपर्छ यात सिधै भगवानको दर्शन गर्न जानुपर्छ । उता हरिसङ्कर भने फोहोरहरुकै कुनै एक वर्गमा पर्दो रहेछ। उ त्यही फोहोर कै पक्षमा चिल्लाचाप्ला कुरा गर्दै हिड्दो रहेछ। हरेक दिन राति १२ बजेसम्म पार्टीमा जाने, जे पायो त्यही खाने, कसैलाई कुट्न पिट्न तथा मार्नै परे पनि पछाडी नसर्ने भइसकेको रहेछ । त्यस्तै ड्रक्स एडिक्सन र खतरनाक रोगहरुको सङ्कर्मणमा पनि परिसकेको रहेछ । उसको नाममा धेरै नै अपराधिक केसहरु परेका रहेछन् तर हरेक पल्ट उसलाई केन्द्रीय फोहोरहरुबाट संरक्षण मिल्दो रहेछ अनि छुट्दो रहेछ । उसले र मैले एउटै काम गर्न आएका थियौ, मैले अति नै मिहनत र परिश्रम गर्दा पनि त्यही काममै घोटिदा पनि यो एक बर्षमा गरेको कुनै पनि काममा सफल भएको थिइन तर उसका ती म असफल भएका हरेक काममा उसलाई सफलता मिलेको छ, जसलाई हामीले गर्दै रहेको काम पनि थाहा छैन अनि त्यो काम गर्नु त कहा हो कहा हेर्न सम्म पनि हेर्दैन आखिरमा यो सबै फोहोरहरूको तलदेखी माथिसम्मको सेटिङ्गले गर्दा नै रहेछ ।

अझै तीन बर्ष बाचेर सकुसल घर फर्कनका लागी अनि आफ्नै भबिष्यसग डर र चिन्ता लागेर म र मजस्ता केही साथीहरू जम्मा भयौ। अनि हामीले हाम्रा दुख र बेदनाका कुराहरु हामीबिच सुनायौ सुन्यौ । हरेकको एउटै कुरा थियो ‘हामी गरेका जति धेरै मिहनत र परिश्रम बालुवामा पानी खन्याए जस्तै भयो। अब हामीहरू मिलेर यी फोहोरहरुको सही व्यवस्थापन गरेनौ भने नत हाम्रो भबिष्य नै रहन्छ नत हामी नै रहन्छौ ।’ यस्तै हामीले योजना, कार्य, सहकार्य,  बुद्धि र बिकल्पहरूको एउटा दस्तावेज बनायौ र सोहीअनुसार अगाडी बढ्ने कुरा भयो। हाम्रो दस्तावेजको केही सारांश यसप्रकार छ-
‘हाम्रो यस नगर आफै फोहोर हैन, यो प्रकृतिले बनाउदा पनि अत्यंत सफा सुन्दर बनाएको हो । यस संसारमा रहेका हरेक चिज कुनै न कुनै कामका लागी उपयुक्त हुन्छन् । यो संसारमा त्यस्तो कुनै चिज छैन की जुनको प्रयोग नै छैन भन्ने। एकजनालाई एककामको लागी नचाहिने चिज त्यसका लागी फोहोर बन्न पुग्छ, त्यही चिज अर्को मानिसकोको लागी अर्को कामका लागी अति नै आवश्यक हुनसक्छ। अनि अर्को कुरा ति नचाहिने चिजहरुबाट अति नै आवश्यक अन्य चिज पनि बनाउन सकिन्छ । त्यसैले यी फोहोरहरु यस नगरीका लागी नचाहिने चिज हुन्। यिनीहरुकै कारणले गर्दा यस्तो पवित्र नगरी आज डुङडुङगी गन्हाउने बन्न पुगेको हो। यी फोहोरहरूलाई एकएक गरी यस नगरबाट हटाउनुपर्छ तथा तिनीहरूलाई अत्यंत उपयोगी वस्तुहरुको रुपमा परिणत गरेर मात्र यही नगरीमा राख्नुपर्छ। तब मात्र हामीले गरेको काम गरेजस्तो हुन्छ । यो नगरी पनि नगरीजस्तै हुन्छ अनि बल्ल हाम्रो जीवन सार्थक हुनेछ ‘।
यति काम गरेपछि मात्र मैले मेरो खोसिएको हिरा फिर्ता पाउनेछु अनि फोहोरमा परिणत भएको हरिसङ्करलाई पुन: मेरो अत्यंत मिल्ने साथीको रुपमा परिणत गर्नेछु ।

{ यो कथा बिद्यार्थी जीवनमा गरिने घिनलाग्दो राजनीति प्रति ब्याङ्गय प्रहार गर्ने खालको हो। कुनै व्यक्तिलाई लक्षित गरेर यो कथा लेखीएको हैन। कसैको जीवनसग मेल खान गए केवल यो संयोग मात्र हुनेछ।
सल्लाह सुझावका लागी प्रतिक्रिया पठाउनुस ( paudelpadamprasad@gmail.com )। अनि एउटा कुरा राम्रो लाग्यो भने share गर्न चाही नभुल्नुहोला

लेखक- पदम प्रसाद पौडेल
कपिलबस्तु,
हाल पुर्वाञ्चल क्याम्पस, धरान }
९८६७१४९८४०

सुन्नुहोस youtube मा
Listen Youtube – Nagar Bhitraka Phohorharu

डाउनलोड गरेर सुन्नुहोस्।
Mp3 Download – Nagar Bhitraka Phohorharu
thanks arghakhanchi online
Arghakhanchi Online -Nagar Bhitraka Phohorharu

thanks dc nepal
DC Nepal – Nagar vitraka phohorharu

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out / बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out / बदल्नुहोस )

Google+ photo

You are commenting using your Google+ account. Log Out / बदल्नुहोस )