कविता>> / साहित्यिक लेखहरु>>

गद्य कविता ‘साच्चै के तिमी नै हौ त नया बर्ष ?”

ड्याङ ड्याङ ड्याङ ड्याङ, को आयो यो मध्यरातमा?
ढोका खोले बिम्झिएर, तर्सिहाले देख्दा उ साथमा,
किन आएको यति राती? को हौ तिमी?
म नया बर्ष चिनिनौ २०१६ को सिमी
साच्चै के तिमी नै हौ त नया बर्ष?

नत उज्यालो छ कतै,
नत खुसियालो छ कतै।
नत प्रीतिको गीत बज्दै छ कतै,
नत कसैले मीत रच्दै छ कतै,
साच्चै के तिमी नै हौ त नया बर्ष?

चारैतिर रुखहरुको पात खोसिदै छ,
बर्षैबर्ष देखिको हाम्रो साथ खोसिदै छ ।
चिसोले मन लुगलुग काभिईरहेको छ,
१मुठी श्वासकै भरमा जीवन थामिईरहेको छ।
साच्चै के तिमी नै हौ त नया बर्ष?

रात कट्दै छ यही एउटै चुहिने पालमा,
सधै खेलिन्छ पौडि आशु र सितको तालमा।
देशैभरी खाद्यान्न र इन्धनको अभाव छ,
न गास न बास न कपास मनमा सधै तनाव छ।
साच्चै के तिमी नै हौ त नया बर्ष?

चाहिदैन तिम्रो भुकम्प,नाकाबंदी र सङ्कटको कोसेली,
लौजाउ फिर्ता, चाहिदैन तिम्रो संबिधानको त्यो ठेली।
बाच्न देउ हामीलाई आनन्दले, नफसाउ तिम्रो झोलीमा,
घरिघरि नतर्साउ, बरु मर्छौ प्यासै जादैन्नौ तिम्रो खोलिमा।
साच्चै के तिमी नै हौ त नया बर्ष ?

खै के भनौ मैले त तिमीलाई कसै गरेनी चिन्नै सकिन,
हाम्रो नयाबर्ष त खुसी लिइ आउछ तर यहा दुख छ किन?
हाम्रो नया बर्ष बसन्तको न्यानो माया लिएर आउछ,
मर्नै लागेको मान्छेलाई पनि अझ आयु दिएर आउछ।
साच्चै के तिमी नै हौ त नया बर्ष ?

हाम्रो नया बर्ष त बिजयको बाजा बजाउदै दिपावली गर्दै आउछ,
नया नया बुट्टा,बुट्टामा खुट्टा, रङ्ग अनि रस पनि भर्दै आउछ।
हो मैले चिने, हामिलाई दुख अनि डराउन दिने तिमी भुत हौ,
भो तिमी जाउ, म ढोका बन्द गर्छु, किनकी तिमी झुट हौ।
साच्चै के तिमी नै हौ त नया बर्ष ?
image

लेखक:- पदम प्रसाद पौडेल (कपिलबस्तुबाट,  हाल पुर्वान्चल क्याम्पस, धरान)
paudelpadamprasad@gmail.com
twitter :- @padam9999

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out / बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out / बदल्नुहोस )

Google+ photo

You are commenting using your Google+ account. Log Out / बदल्नुहोस )