लेखहरू>> / साहित्यिक लेखहरु>>

पहिलो पटक घर छोडेर हिड्दा ( मुक्तक मञ्जरी)

साझमा त सबैजना घर फर्की आउछन्!
बाटाहरुमा भेटीने खाडलसग तर्की आउछन्!!
हो मैले त्यही साझ घर छोडेको थिए,
जुन साझ सम्झदा पनि आशुहरु दर्की आउछन्!!!!

त्यो कालो रात औसीको रात त थिएन तर रात निकै नै अध्यारो थियो। घटना वि.स. २०७२ जेष्ठ १६ गतेको हो। सानैदेखी बुबाआमाको काखमा हुर्किएर कहिल्यै पनि उहाहरूको पिछा नछोडेको म  त्यसरी एक्कासी चटक्क साथ छोडेर हिड्दा कठै मेरा बुबाआमाको मन कति दुखेको होला।
बुढेश कालमा छोरोले हामीलाई साथ दिन्छ र सजिलै मर्न पाईएला भनेर मलाई बुबाआमाले जन्माउनु भएको थियो। तर सानो छदा राम्रोसग हुर्काएर बढाएका चल्लाले पछि ठुला चरा भएपछि गुड छाडेर भुर्र भागेझै म भाग्दा कठै मेरा बुवाआमाको मन कति दुखेको होला।

कस्तै दुखमा पनि नरुने बुवाआमा रुनु भएको थियो!
लौ छोरो त हिड्यो रे भन्दा छागाबाट खसेझै हुनु भएको थियो!!
यस्तै दु:खका समाचार सुनाउदै थियो मेरो भाइले
सधैभरी मैलाई नै सम्झी आशुले मुख धुनु भएको थियो!!!!

जिन्दगीमा केही गरिएला र बुबाआमालाई ऐश दिन सकिएला कि भनेर घर छाडेर हिडे। केटो सानै छ, उसलाई बाहिरी कुरा केही थाहा छैन। कतै सपनाको सागरमा त डुबेर मर्ने हैन भनेर चिन्ता लिने बुवाआमालाई ल म हिडे भनेर एकपटक पनि नभनी हिड्दा कठै मेरा बुवाआमाको मन कति दुखेको होला।
रातको नौ बजिसकेको थियो, आकाश गड्याङ्ग गर्यो। चारैतिर अझ बढी अध्यारो छायो। त्यतिकैमा मुसलधारे पानी बर्रर बर्सियो। त्यही बेलामा हर्न बजाउदै बस आयो। जाने त सरासर बस चढेर गयो। मलाई छोड्न आएका दिदी र भाइ  त्यस्तो अध्यारो र पानी परेको बेला घर कसरी गएका होलान। म भने त्यसरी हिड्ने बेलामा पनि दुई शब्द नभनी हिड्दा कठै मेरा बुवाआमाको मन कति दुखेको होला।

सधै भरी घरमा बसी, ठुलो भैनेरैन्छ!
सबै सपनाहरु मनमै कसी,ठुलो भैनेरैन्छ!!
केही गर्न र बन्न त घर छोड्नै पर्ने रैछ ।
आफ्नै समस्याहरुमा फसी, ठुलो भैनेरैन्छ!!!!

Advertisements

2 thoughts on “पहिलो पटक घर छोडेर हिड्दा ( मुक्तक मञ्जरी)

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )