लेखहरू>> / साहित्यिक लेखहरु>>

“बुझ्ने भईसक्दा”

“Happy FATHER’S DAY, KUSHE AUNSHI & MOTIJYANTI”
एउटा काल्पनिक लेख-
(यदी तपाईसग समय छ भने एकचोटी भएपनि पढ्नुहोला)

शीर्षक:- “बुझ्ने भईसक्दा”
बाल्याबस्थामा मलाई मम्मी तथा दिदीहरूले सधै बिहान ६ बजे उठ्ने बानी बसालिदिनु भएको थियो। म उठ्दा घाम झुल्किसकेको हुन्थ्यो,घर वरिपरी दिदी/मम्मीहरूले लिपेर रातै टल्किरहेको हुन्थ्यो। कति बेला उठेर सबै काम सकिसक्नुहुन्थ्यो मलाई पत्तो नै हुदैनथ्यो। भैसी दुहुने,गोबर सोतर गर्ने,लिपलाप गर्ने,आगो बाल्ने,चिया नास्ता बनाउने जस्ता सबै काम गरेर म उठ्दा अगेनुको डिलमा चिया नास्ता राखिदिनु भएको हुन्थ्यो र उहाहरू मेलापात,घासदाउरा,खेतबारी जान तथा आफ्नो-आफ्नो काम गर्न तयार भैसक्नु भएको हुन्थ्यो।
यस्तो शुभबिहानीको प्रहर पारेर बिशेष बिशेष दिनका दिन घरनजिकैका एकजना पन्डित बुबा जसलाई सबैले बन्जाडे बा भन्ने गर्दथे,उहा मैले चिया नास्ता खाईरहेको बेलामा हाम्रो घर आउनुहुन्थ्यो। उहाले आउदा कहिले नागको फोटो, कहिले डोरो जनै, कहिले कुश, यस्तै कहिले के कहिले के ल्याउनुहुन्थ्यो। उहाले ती चिज हामीलाई दिएपछि बुबा/मम्मीले टिकादक्षीणा गरेर उहालाई पठाउनुहुन्थ्यो। मलाई अचम्म लाग्थ्यो,बिहानको साढे ६ नबज्दै कति चाडो घर घर ढुल्न सक्नुभएको? पछि बुझ्दा त ती सामानहरू त्यसै दिन सङ्कलन गरे अझ पुजा गरेर समेत ल्याउनुभएको रे। कस्तो अचम्म! कति जागरिला मान्छे? म पनि त्यस्तै बन्न सके कस्तो हुन्थ्यो होला जस्तो लाग्थ्यो।
म सनामा धेरै नै जिज्ञासु भएकाले हरेक कुरा ‘यो के हो?’,’यसको के काम छ?’, ‘यस्तो किन गरिन्छ?’ भनेर सोध्ने गर्थे। त्यतीकैमा एकदिन त्यस्तै बिशेष दिनको अबसर मै पन्डितजी एउटा ठुलो घासको मुठो बोकेर हाम्रो घरतिर आउनुभयो र त्यसबाट सानो एउटा मुठो निकालिर हामीलाई दिनुभयो। अनि उहालाई मम्मी/बुबाले टिकादक्षीणा सहित बिधाई गर्नुभयो। त्यो क्रियाकलाप देखेर मैले मेरो बुबालाई सोधेको थिए- ‘त्यो घासको मुठा त कुशको रहेछ अनि त्यो बिशेष दिन त कुसे औसी रहेछ। त्यस्तै कुश र कुशे औसीको ’boutमा पनि धेरै कुरा बताउनुभयो।’ पछि विस्तृत रूपमा धार्मिक किताबमा पढ्ने मौका पनि पाए।

हरेक बर्ष यसैगरी कुशे औसी आउने जाने क्रममा मैले कक्षा ९ मा पढ्दा हल्काफूल्का कविता लेख्ने,कविहरूका जीवनी पढ्ने क्रममा युवाकवि मोतिराम भट्टको पनि जीवनी पढेको थिए। र त्यसबाट मोतिराम भट्ट कुशेऔसीमै जन्मिएर ३० बर्षमा धेरै नै प्रगति गरेर कुशेऔसीकै दिन मृत्यु वरण गरेका रहेछन्, उनकै स्मरणमा यस कुशे औसीलाई मोतिजयन्ति पनि भन्दा रहेछन् भन्ने कुरा पनि थाहा भयो। त्यसैले नेपाली साहित्यिक फाटमा यस कुशे औसीको दिनलाई पनि एक बिशेष दिनका रुपमा लिईदो रहेछ।
   पछि (जब हामी तराईमा बसाई सरेर आएका थियौ त्यहा बस्दा) मैले कक्षा १२ मा पढ्ने क्रममा एकदिन कुशेऔसीकै मेरो एकजना पाल्पाको साथीले ‘आज कुशे औसी बाबुको मुख हेर्ने दिन, तिमीले बुबाको मुख हेर्यौ त? मैले त बिहानै फोन गरेर सम्झिए।’ भन्ने कुरा गरे। उसको कुरा सुन्दा मलाई धेरै नै हासो लागेको थियो। ‘सधै बिहान साझ जतिबेला पनि देख्न पाईने बुबाको मुख किन हेर्नुपर्यो? मैले आज उठेर आफ्नो मुख त हेरेको छैन।’ भनेर उसलाई उडाएको थिए।
  त्यसको करिब ९ महिना पछि ४/५ महिनाको लागी मलाई घर छाडेर काठमाडौ जानु पर्ने भयो। त्यहा बस्दा पनि यसै गरि कुशे औसी आयो, मलाई होस नै थिएन,मैले बिर्सिसकेको थिए ‘बुबाको मुख हेर्ने दिन’ भन्ने कुरा। मेरा कोठाका सबै साथीले आफ्नो-आफ्नो बुबालाई फोन गरेर सम्झिएछन् तर मलाई भने साझ बल्ल उनीहरूले ज्ञात गराए, अब यति बेला फोन गरेर के सम्झने फोन गरेन।

अहिले म धरान घरबाट लगभग १५ घन्टा टाढा छु। ‘जब कुनै चिजको अभाव हुन्छ तब मात्र त्यसको महत्व थाहा हुन्छ’, भन्ने कुरा मैले बल्ल आएर बुझ्दै छु। अहिलेको कुशे औसीमा बुबालाई फोन गरेरै भएपनि सम्झने भनेर सातादिन अगाडीबाट नै आलाराम लगाएर राखेको थिए। आज पनि सधैजस्तै बिहानै उठेर पढ्दै थिए,करिब ६:३० तिर आलाराम बज्यो र मैले बुबालाई फोन गरे। बुबा धेरै खुसि हुनुभयो ’cause मैले जीवनमा पहिलो पटक तैपनि फोनबाट भएपनि यस कुशे औसीको दिन उहालाई सम्झिएको थिए। हुन त मलाई यस’bout सिकाउने बुझाउने कोही भएन, आजसम्म सानै थिए तर अबको ७ दिनभित्र म १८ बर्ष पुग्दै छु। यसबाट म अब जिम्मेवार जान्नेबुझ्ने बन्नुपर्ने बेला आएको छ। बुबासग कुरा भईरहदा बुबाले आफू काममा पुगेर काम गर्न थालिसकेको कुरा बताउनुभयो । यो सुन्दा मलाई धेरै नै दुख लाग्यो र आफैप्रति नै घृणा जागेर आयो।

६३ बर्षको बुढो बाबु यसरी हामीलाई पाल्न पढाउनका लागी बिहानको साढे ६ नबज्दै काममा गएर दिनभर त्यो तराईको चर्को घाममा कहिले खोलामा,कहिले अर्काको खेतमा,कहिले लेभर बनेर,कहिले मजदूर बनेर,कहिले खेताला, यस्तै कहिले के कहिले के काम गरेर साझको ६ बजे दिनको रू.४०० बुझेर फर्कनु यत्रो ५/६ जनाको परिवार पाल्नु, हाम्रा आवश्यकता पूरा गरिदिनु धेरै नै ठुलो कुरा हो।
बुढेसकालमा भएपनि छोरोले साथ दिओस्, मर्ने बेलामा सजिलै सास फेर्दै मरियोस, पछि पितृको उद्दार गरोस भनेर बुढेसकालमा भएपनि मलाई यो संसारमा पाईला टेकाउनु भएको थियो उहाले। समाजबाट गरिब भएकै कारण दवीनु पर्दा,आफ्नै विश्वाशिला दाजूभाईबाट नै अपहेलित हुदा पनि कत्ति पनि बिचलित नभइकन इन्डियामा गएर मैनाको ३५०० मै काम गरेर भएपनि हामीलाई उज्यालो ज्योतितिर हिड्न सिकाउनु भएको थियो बुबाले। हाम्रो लागी तपाईको यहि सहयोग नै ठुलो छ॥
मेरो/हाम्रो लागी अबपनि तपाईले कति चिन्ता गर्नुहुन्छ? अहिले घरबाट टाढा रहदा पहिलो फोन उठाउन नसक्दा हैन यसलाई के भएछ किन फोन उठाएन भनेर ८/१० कल पुर्याएको हुनुहुन्छ बुबाले। बिचरा तपाईको तपाईसगैका साथीहरू सग भेट हुदा उनीहरूले गर्ने कुरा, उनीहरूको हाउभाउ देख्दा,उनीहरूका छोराहरूले उनीहरूलाई गरेको सहयोग देख्दा, कहिलेकाहि उनीहरूको घर जादा उनीहरूले मज्जाले सोफामा बसेर तमाख्खु तान्दै चस्मा लगाएर मोटामोटा धार्मिक किताब पढ्दै गरेको देख्दा, उनीहरूले तपाईलाई गर्ने व्यवहार,उनीहरूले आफ्ना छोराछोरी नातिनातिनाको ’boutमा गफ गर्दा, छोरोले यस्तो गर्यो यस्तो घरमा राखेको छ बसिबसि खान पाईएको छ भन्नेजस्ता उनीहरूका कुरा सुन्दा भित्रबाट तपाईलाई कस्तो हुन्छ होला? त्यसको म अलिअलि कल्पना गर्दा पनि खटाउन सक्दिन अझ यी सबै भोग्ने तपाईलाई त झन कस्तो हुन्छ होला। कहिल्यै पनि आफ्नो लागी खासै केही नसोचिकन मैले जस्तो दुख पाए पनि यिनीहरूले पछि दुख नपाउन जति पाएपनि मै आफै पाउ भन्दै हामीलाई खाली पढाई मै लगाउने बुबा,तपाई साच्चिकै महान् हो।
सानो छदा अबुझ थिए, तपाई प्रति धेरै नराम्रा चिज गरेको थिए होला नराम्रो बोलेको गरेको थिए होला। यी सबैलाई भुलिदिनुस। अब म अलिकति भएपनि बुझ्ने भैसके मैले गर्नुपर्ने कामहरू पत्ता लगाउदै छु।तर यत्रो १८ बर्षको लाध्रे भईसक्दा पनि मैले गर्नुपर्ने काम नसम्झदा, मेरा जिम्मेवारीहरु भूलेर सधै मोजमस्तितिर लागेको, हजूरको लागी केही गर्न नसक्दा, सधै भरी परिजीवि जस्तै आश्रित भईरहनु पर्दा मैले हजूरप्रति ठुलै घात गरेजस्तो हुन्छ। मलाई माफ गरिदिनुहोला मैले आजबाट मेरा सबै गल्ति कमजोरीहरु महसुस गरे। म छिट्टै नै अब तपाईलाई राम्रो फल चखाउनेछु। म सधै तपाईले देखाएको बाटो पच्छ्याउने छु, आफ्नो बाटो छाडेर कहिल्यै पनि नराम्रा कुरातिर लाग्ने छैन। तपाईको, मेरो र हाम्रो सपना छिट्टै नै पुरा गरिदिनेछु। बल्ल आजबाट थाहा भयो कि म मेरा अरु साथी भन्दा भिन्न हु। मैले गर्नुपर्ने काम धेरै छन्। मेरो अबको पहिलो सपना भनेको हजुरलाई उद्धार गर्नु हुनेछ।
साच्चै नै मेरो बुबा महान हो। म छिट्टै नै तपाईको सपना पुरा गरिदिनेछु।
Very Very missing YOU my DAD &
happy father’s day, kushe aunshi and motijyanti to all .
(यदी तपाई यो लेख डाउनलोड गरेर सुन्न चाहनुहुन्छ भने यहा किलिक गर्नुहोला
cs15.space.me/f/0/1441998208/2195745/0/fd73b8d1af90db4dd13b1d2eb6754506/fathers_day-space.me.amr )

पदम प्रसाद पौडेल
paudelpadamprasad@gmail.com कपिलबस्तु, हाल धरान

image

Advertisements

2 thoughts on ““बुझ्ने भईसक्दा”

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out / बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out / बदल्नुहोस )

Google+ photo

You are commenting using your Google+ account. Log Out / बदल्नुहोस )