Uncategorized

दुई मन बिचको बादबिबाद -paudelpadamprasad

बनमा आफ्नै बास्ना पत्तो नपाएर दौडिरहेको कस्तुरी हो या मैनौ दिनसम्म भोकै भएर भोकले तड्पिरहेको बाघ जस्तै होस मेरो जीवन पनि हरेक पल हरेक घडी तड्पीरहेको छ । हरेक मोडमोडमा घुम्ति घुम्तिमा पीडा र घाउको मात्रा बढ्दै गईरहेको छ । नया सोच पलाईरहेको छ नया थप साहसको फल लागीरहेको छ । आज म सुखि छु खुसि छु सम्पन्न छु भनेर एक मनले सधै गीत गाईरहन्छ भने अर्को मनले त धेरै दुखि छस, धेरै नै गरिब छस तेरो मनमा तनाव छ, डर त्रास छ भन्ने गर्छ।
आज मसग के पो छैन सबैको जस्तो हातखुट्टा छ, बोली छ, बुद्धि छ, थोरै धेरै साथी छन्, बुबाआमा दिदी भाई परिवार छ, स्वस्थ छु, अरूहरूले जस्तै जीवन कटाएकै छु,खान नभएर लगाउन नभएर माग्दै हिड्नु परेको छैन,परिवार बाट माया पाएकै छु ,आफैमा सन्तोष छु । ह्या मेरो जीवनमा सप्पै चिज रहेछ त के को पो कमि छ र?? सबै कुराको पहुच भएपछि म सुखि खुसि र सम्पन्नशाली भएन त भनेर एक मनले व्याख्या विश्लेषण गर्छ तर ।

अर्को मनले मेरो कमजोरी भनौ वा मेरो सपनालाई कोट्याउने काम गर्दछ । एकदिन उसले भन्दै गर्दा मैले सुनेको थिए । तिम्रो जीवनमा धेरै चिज छ तर एक चिजको कारणले गर्दा भएका तथा पाएका चिज पनि प्रयोग गर्न पाईरहेका छैनौ । आजको जमना भनेको पैसाको हो । तिमीहरूजस्ता मानिस सबैले आफ्नो जीवन पैसैको लागी सुम्पीरहेका छौ । जब तिमी कुनै कामको लागी कसैको दैलो ढकढकाउन पुग्छौ तब सुरुमै पैसोको कुरा आउछ ॥ बाह्य ढोका खोलिएता पनि आन्तरिक रूपमा निकै नै शक्तिशाली दैलो आएर बस्दछ तब बल्ल प्रवेश निषेध भन्ने सुचना आउछ । यो कुरा तिमीले आज आफ्नो पढाईमा वा कुनै जागीर खोज्दा वा कसैबाट कुनै कामको आस गर्दा वा बजारमा वा हरेक अवस्थामा देख्न सक्छौ र महसुस गर्न सक्छौ । भनिन्छ पौराणिक धर्मशास्त्रमा लेखेको छ नया कामकार्यको थालनी गर्दा सुरुमा गणेश र कुमारको पुजा गर्नुपर्छ यसको अर्थ तिमीलाई थाहा छ?? गणेस र कुमार भगवान धनका देवता उनले जे कुराको थालनी गर्दा पनि सुरुमै धनको कुरा ल्याउछन्, र धनको दैलो खडा गर्छन् र त्यो दैलो धनकै घनले हानेर मात्र खोल्न सकिन्छ ।
त्यसैले आज तिमी तड्पीरहेका छौ, जुन सपना बनाएका छौ, जसलाई पलपलमा सम्झिरहेका छौ, जसले गर्दा तिमीले हरेक कुरामा निर्णय लिदा सयचोटी सोच्नुपर्छ, जेका लागी तिमी अहिले यो अवस्थामा आएका छौ,तिमी हुर्कनु बढ्नु र तिमी हिड्ने बाटो खनिनु,साथीभाईहरू कम बनाईनु, उच्चस्तरमा पुग्ने मौका पाएपनि तल्लो स्तरमै सिमित रहनुको कारण, बाह्य मानिस/ साथीभाई सबैले होच्याउने गिज्याउने सबैको एउटौ कारण हो धन । हो म भन्छु तिमीसग हरेक चिज छ तर धन छैन । त्यसैले तिमीलाई धनले सबै चिजबाट गरिब बनाएको छ । तिम्रो मनमा ठुलो तनाव छ ठुलो सोच छ तिम्रो जीवनमा मोजमस्ती भन्ने कहिल्यै आएको छैन, हात खुट्टा छ, बोली छ, बुद्धि छ तर तिनीहरूको काम छैन तिनीहरूको प्रयोग गर्न सकिरहेका छैनौ। खासमा तिमी नाङ्गो छौ, तिमी दुखी छौ । जति बेला पनि सुखी बन्ने सपाना रचिरहेका र सुखी बन्ने कुरा सोचिरहेका हुन्छौ । आज तिमी यो संसारमा एक दुखी, गरिब र मनमा पीडा बोकेर हिडेका मान्छेमा गनिन्छौ ।

यसरी मेरा दुई मनबिच सधै बादबिबाद भईरहदा मैले एकदिन राम्ररी उनीहरूको झगडा सुने मेरै ’boutमा पो कुरा हुदै रहेछ  भन्ने थाहा पाए ॥ यसो बिचार गरे यी दुई मध्ये कस्को कुरा राम्रो छ त भनेर,  पहिला पहिलो मनको कुरा अङ्गालेर सम्झे सबै कुरा सत्य र सही भनेको छ फेरी अर्को मनको कुरा सम्झे उसले पनि भनेका हरेक कुरा सही ठिक र तार्किक लाग्यो । अब निर्णय लिनुपर्यो कसलाई पच्छ्याउने भनेर,मलाई दुबैको कुरा मन पर्यो सोही भएर दुबैलाई पच्छ्याउने निर्णय गरे । “कुरा सबैको सुन्नु तर निर्णय आफै लिनु ” भन्ने सिद्धांत अनुसार निर्णय लिनको लागी मैले सोच्न लागे। म दुबैको कुरा मिलाएर नया कुरा निकाल्नुपर्छ र त्यसलाई पूर्ण रूपमा कार्यान्वयन गर्नुपर्छ अनि सधै यसैलाई पच्छ्याउनुपर्छ भनेर लागे । म सानैदेखि हुर्कने बढ्ने क्रममा जेजे अभाव झेले, जोजोले दमन गरे होच्याए, हुर्कदै जादा केके कुराबाट बन्चित भए, केके काम गर्न बाध्य बनाईए त्यी सबैको एकमात्र कारण धनसम्पत्तिको अभाव हो।
आज म खासमा मेरो अबस्था अनुसार खुसि र सुखि छैन तर मेरो सिद्धांत “आफैले आफैलाई खुसि सुखि तथा आत्मसन्तुष्टिमा राख्नुपर्छ ॥” अनुसार आफैलाई आफूभन्दा साना र मभन्दा तलका मानिसहरूलाई हेरेर मन बुझाउने सन्तुष्ट हुने बाटो अपनाएको छु । यस्तै केही कुरा आट्नुपर्दा र सपना बुन्नुपर्दा आफूभन्दा ठूलालाई हेरेर उनिहरू भन्दा उत्कृष्ट बन्ने प्रतिज्ञा गर्छु ।
#ppp @paudelpadamprasad @padam9999
info:- http://www.paudelpadamprasad.hpage.com/

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out / बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out / बदल्नुहोस )

Google+ photo

You are commenting using your Google+ account. Log Out / बदल्नुहोस )