Uncategorized

बुढासुब्बा,दन्तकालि र पिण्डेश्वरीको दर्शन + केही पहिला अनुभवहरु (paudelpadamprasad)

आज २०७२-जेष्ठ-१९गते मङ्गलबारका दिन करिव ११ बजेतिर मेरो एक जना साथी दिलिप दाई र म भएर बुढासुब्बा, दन्तकाली र पिण्डेश्वरी घुम्न जाने योजना बनाएर तिनकुनेबाट भानुचोक हुदै ४ किलोमीटरको पैदल यात्रा पछि बुढासुब्बा मन्दीर पुग्यौ । बुढासुब्बा मन्दिर कृतिम रूपमा एकदम भब्य र आकर्षक नबनाईएता पनि यहाको प्राकृतिक सुन्दरता र यहाको छुट्टै धार्मिक महत्वका कारण यसले चर्चा पाईरहेको जस्तो लाग्यो । मन्दिर वरीपरि घुमियो दर्शन गरियो र यस’bout केही जान्न बुझ्न मन लागेर त्यहाका एकजना स्थानीय बुवासग कुरा गर्न थालीयो। उहाले बताए अनुसार महाभारतको समयमा भिनसेनले हानेको बाण लागेर भागेका बुढासुब्बा र तिनकी बहिनी बुढा सुब्बेनी त्यहा आईपुगेर तीर निकाल्न खोज्दा रगत छ्यलबिछ्यल भएर बुढासुब्बा मरेपछि दाजुको त्यस्तो मृर्त्यु भएको देखी सहन नसकेर बहिनी पनि दाजु नजिकै मरिछन् र तिनीहरूलाई त्यहा गाडीएको रहेछ ॥ तिनीहरूले आफ्नो राज्यका जनतामाथि कुनै पाप नगरेका र सबैलाई न्याय गरेका हुनाले त्यो राज्यका सबै मानिसले पुजा गर्ने गर्दै जादा पछि त्यहा एउटा ठुलै धार्मिक स्थलको रुपमा परिचित भएको रहेछ ॥ त्यहा दुईवटा मन्दिर तलपट्टी शुब्बाको र माथिपट्टी सुब्बेनीको रहेका छन् । तिनी भित्र माटोबाट एउटा चारकुने तलमाथि पिरामिड जस्तो संरचना बनाईएको थियो । वरीपरि विभिन्न मानिसहरूले भक्कल गरेर चढाएका दान गरेका घन्टीहरू झुन्ड्याईएको थियो । यी मन्दीरहरु शनिवार र मङ्गलबार खुल्ने र त्यहा आफ्नो भक्कल गरेको पुग्ने भएकाले त्यहा भक्कल गर्ने र कुखुरा बोका रागा सुगुर बुङ्गुर आदी सुब्बालाई र कुखुरी पाठी अन्डा आदी सुब्बेनीलाई चढाउने गर्दा रहेछन् । त्यहा अगाडी दुईओटा छुट्टाछुट्टै बासका गाज थिए तिनीहरू सबैका टुप्पा थिएनन् यो एउटा अच्चमको कुरा थियो । ति गाजका वरीपरि मालाका धर्साका खात थिए ॥ खासगरी भक्कल गर्न आउदा र भक्कल पुरा गर्न आउदा र दर्शन गर्न आउदा ति बान्ने छोड्ने गर्दा रहेछन् । बर्षको एकपटक सबै निकालेर फाले पनि त्यहा थुप्रो जम्मा हुदो रहेछ। अनि त्यहा राम्रोसग ब्यबस्थापन हुन नसक्दा फोहोरहरू जताततै र खानेपानी र मन्दिर सुरक्षा खासै देख्न पाईएन ।

यस्तै घुम्ने क्रममा हामी त्यहाबाट करिब १५ मिनेटको उकालो बाटो चढेर पन्चकन्या मन्दिर र पाथिभरा मन्दिरमा पुग्यौ । त्यस मन्दीर अगाडीपट्टि एउटा गीत सुटिङ हुदै रहेछ । जीवनमा पहिलोपटक आफ्नै आखाअगाडी सुटिङ भएको हेर्न पाउदा धेरै खुसि लाग्यो । आखिर सुटिङ काम झन्झटिलो र झ्याउ लाग्दो हुने रहेछ एउटै कुरो १०-१५ पटक गर्नु पर्ने ।

यसपछि हामी पिण्डेश्वरी फर्केर एकपटक दन्तकालीको दर्शन गर्न भनि दन्तकालि जाने क्रममा एकजना घर उदयपूर गाईघाट बताउने नाम निश्छल भट्टराई र एकबर्ष पहिले एसएलसी पास गरेको साथीसग भेट भयो । उनले त्यहा रहेको पिण्डेश्वरी संस्कृत विश्वविद्यालयको ’boutमा धेरै कुरा बताए॥ त्यहा एसएलसी पास भई आएका बिद्यार्थी लाई ३ महिना सामान्य संस्कृत भाषा सिकाएर प्रवेश परिक्षा लिएर मात्र विद्यालय प्रबेश गराउदो रहेछ तर गुरुकुल बाट आएकालाई भने सिधै लिदो रहेछ र उच्च माध्यमिक अन्तर्गत व्याकरण,साहित्य र ज्योतिषभएको तर बिद्यार्थी कम भएको पनि ऊनले बताए ॥ बस्नको लागी सबैलाई होस्टल र महिनाको ९०० रूपैया अझ विद्यालयले दिने पनि रहेछ ॥ ब्याचलर/स्नातक तह जसलाई शास्त्रीय भन्दो रहेछ त्यो पनि त्यहा पढाई हुने रहेछ ॥
यस्तै गफ गर्दागर्दै पिण्डेश्वरीवाट करिब १० मिनेट माथि पहाड चढेपछि दन्तकालि मन्दीरमा पुगीयो । त्यहा सतिदेबीको दात पतन भएको हुदा यो पीठको स्थापना हुन गएको धार्मिक बिश्वास छ ॥ यहा दर्शन गरिसकेपछि त्यहाबाट फर्कने क्रममा साथि र मेरो बिच नरिबलको पानी जीवनमा कहिल्यै खान नपाएको र खाने सल्लाह भयो त्यहा वरिपरी सोध्दा रुखमा चढ्न नसकिने भन्दै कसैले बेच्न मानेनन् ॥ एउटी बाख्रा चराउदै गरेकी आमाको सल्लाहका कारणले हामी पुन दन्तकाली पुगेर नरिबलको पानी खाने भयौ । साहुनीले दुई वटा नरिबल फूटाएर गिलासमा राखेर खुवाईन र भित्रको गुवी पनि निकालेर पलाष्टिकमा राखिदिईन अनि हामीले ९० रुपैया तिरेर त्यहाबाट फर्कियौ । जीवनमा पहिलो पटक नरिवलको पानी खाएको र धेरै मिठो भएको कुरा गर्दै नरिवलको गुदी खादै तल पिण्डेश्वरी झर्यौ र त्यहा एकछिन घुमेर दर्शन गरेर त्यहाबाट फर्कियौ ।
धरान सहरलाई बास्तबिक रूपमा हेर्न आज पाईएको थियो । त्यहाबाट हेर्दा धरान निकै ठुलो सुन्दर अझ बिचबिचमा भएका रूखले त झन आकर्षक बनाईरहेको देखियो ।

यसरी धेरैजसो पहिला अनुभव भएको भएरै होला घुमघाम निकै रमाईलो लाग्यो ।
from diary of paudelpadamprasad #ppp

Advertisements

One thought on “बुढासुब्बा,दन्तकालि र पिण्डेश्वरीको दर्शन + केही पहिला अनुभवहरु (paudelpadamprasad)

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out / बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out / बदल्नुहोस )

Google+ photo

You are commenting using your Google+ account. Log Out / बदल्नुहोस )