जीवनका अनुभवहरु

★१)पहिलो पटक बेहोस हुदाको अनुभव:-
—————————————————
०७२ साल नेपालको लागी कालो बर्ष त्यसमाथी पनि जेठको महिना चर्को घाम गर्मिले ठाउठाउमा धेरै मानिस मरेका। पूर्वतिर भने हल्का पानी पर्थ्यो तर पश्चिमतिर भने पूरा ठ्याम्मै थियो । भूकम्पको कारणले पढाई अवरुद्ध भएपछि म लगायत सबै साथी घर गएका थियौ। जेष्ठ ९ शनिवार अधिकतम तापक्रम ४२ डिक्री सहनु परेको थियो । त्यसैदिन राति पूर्वी क्षेत्र झापा मोरङ सुनसरी र काठमान्डौ तिर चर्को हावाहुरी आधीभेरी आएर उत्पात गरेको ठाउठाउमा रूख ढलेर मान्छे मारेको सडक अवरुद्ध गरेको टिन लगाएका सबै घर बाकी नराखेको भन्ने सुन्नमा आएको थियो। त्यसैदिन राति २ बजेतिर म्याग्दीमा कालिगण्डगी नदीमा एउटा पहाड खसेर नदी ठ्याम्मै थुनिएको थियो । जसले गर्दा ५ ओटा जिल्ला तर्सित भएका थिए धेरै भौतिक सम्पतिको नास गरेर १० गते दिउसो ३ बजे मात्र नियन्त्रणमा आएको भन्ने सुनिएको थियो। रामापूरका साथी धर्मराज नातामा मामाका छोरा र म किताब पनी नल्याएको र घरको न्यास्रो मेटीएकाले १० गते राति फर्कन आट्यौ। बाटामा तिनी धर्मराजले ५०० को नोठ र एउटा नोकिया पुरानो मोबाइल हराए॥ बाटामा सहायक डाईबर निदाउनाले हामी आएको बस दुर्घटना पर्न आटेको थियो धन्न कालको मुखबाट पनि बाचियो। बाटामा अन्न पनि थुप्रै दुर्घटना देखियो यसातै गर्दै लगातारको १५ घन्टाको लामो यात्रा पछि बिहान साढे आठमा धरान आईपुगियो। हामी यहा आईपुग्दा रुखहरु जरैबाट उक्किर ढलेका र न्याय मागीरहेका जस्ता देखिए ॥
यहासम्म आईपुग्दा धर्मराजलाई रुघाले समातिसकेको थियो तर औषधी खाएपछि दुईदिनमै निको भयो। तर मलाई भने उनलाई निको हुदासाथ १४ गते बिहानैबाट मलाई रूघाले समात्यो रूघाको साथसाथमा घाटी पनि दुखेको थियो। १४ गते दिनभर घाममा ढुलेको हुनाले रातीबाट ज्वरो पनि आएको थियो। लामो यात्रा खानपीनमा परिवर्तन मौसम तथा तपक्रममा अनियमिताका कारणले यस्तो भएको अनुभव गरेको थिए ॥ १५ गते बिहान हल्का ज्वरो बसेको थियो अनि केही राहत भएको बिश्वास गरे ।१५ गते दिऊसो खानाखाएपछि धर्मराजले कोठा म्यानेज गरिदिन बोलाएका थिए॥ त्यसै अनुरुप म पनि गएको थिए॥ उनले मलाई ऐना राख्नको लागी काटी ठोक्ने आदेश गरेका थिए ॥ यस्ता काटी ठोक्ने काम त जीवनमा कति गरियो कति त्यसैले यस काटी ठोकाई सफल हुन्छ भन्ने सोचेको थिए तर अपसोच शरीर कमजोर भएकाले हात खुट्टा आखाले राम्रोसग काम गर्न छाडेका थिए॥ त्यसैले ठोक्दै रख्दा सिधा नठोएकाले दुईबटा कटि उछिट्टीएका थिए। त्यसैले तेस्रो काटी ठोक्ने क्रममा देब्रे हातले समाएको हुनाले पहिलो पटक देब्रे हातको बुढी औलाको नङमा नराम्रोसग लाग्यो अनि एउटा एकदम असहय पीडा महसुस भयो झड्का पनि बेस्सरी आईरहेका थिए,यस्ता नङ ठोकाई यसअघी धेरै भएका र तिनीहरूको पीडा सहेको हुदा त्यसलाई पनि सहने प्रयास गरेर फेरी ठोक्दै गए जब पून त्यही बुढी औलामा ठोकियो तब एकदम असहय पीडा बोध भए झड्का पनि पहिले भन्दा ठुलाठुला आउन थाले। मैले सकिन तपाई आफै ठोक्नुस भनी धर्मराजलाई हथौडी दिए अनि म खाटमा बसे। तर पीडा धेरै नै भएकाले सहनै गाह्रो पानी खान र सुत्न मन लाग्यो। त्यहा सुतै भने उनले के सोच्छन र त्यहा पानी पनि थिएन त्यसैले आफ्नै कोठामा जाने निर्णय गरे। मैले गोजीबिनाको हापपाईन्ट लगाएकाले मैले उनलाई साचो राख्न दिएको थिए॥ बोल्न धेरै गाह्रो भएकाले आफै उनको गोचीबाट साचो निकालेर आफ्नो कोठातिर लागेको थिए॥ खुट्टाले कामै गर्न छाडे आखा तिरमिराउन थाले पीडा असहय भयो झड्का आएको आयै थियो मुटु पनि झनझन बेसरी ढकढकाउन थालेको थियो तैपनि भित्ता समाउदै बाटो लाग्न थाले। ३ मिटर हिडेपछि मेरा आखा सबै बन्द भए दिमाग घुम्न लाग्यो नराम्रो चक्करका कारणले सबै अङ्गले काम गर्न छाडे त्यसपछि के भयो मलाई केही थाहा भएन। म असहय पीडाका कारण आएको चक्करको कारणले बेहोस भई ढलेछु। म होस्टेलको दोस्रो तलाको बरन्डामा भएकाले मेरा क्रियाकलाप तल बसेर पत्रिका पढ्ने गफ छाटीरहेका साथी तथा दाईहरूले देख्नु भएछ र लौ के भयो भनेर सुरेस दाई,प्रताप दाई र योगेस माथी आउनुभएछ र मलाई उठाएर धर्मराजको बिस्तारातिर लादा उनीहरू बोलेका केही शब्द सुनिन्थे तर बुझिदैनथे। अनि बोतलमा पानी ल्याएर पानीले भिजाउनुभएछ र वल्ल अलि अलि आखाले देख्न थाले अनि पानी खुवाईदिनु भयो बल्ल बोली पनि आउन थाल्यो अनि केही आराम भएको महसुस भयो। करिब ५ मिनेटको बेहोसी होसमा आऐको हुदा मरेर पनि बाचेजस्तो भयो। केहीछिन त्यहा आराम गरिसकेपछि सुरेस दाईको कोठातिर लागियो। अनि त्यहा सुरेस दाईले आफ्नै बिस्तारामा सुत्न निर्देश गर्नुभयो अनि गुलकोज पानी खुवाउनुभयो र धेरै सुझाव दिनुभयो। पहिलेको असहय पीडाका कारण होला पुन ज्वरो आएको थियो त्यसपछि आफ्नै बिस्तारामा आई सुते अनि २ बजेतिर पुन सुरेस दाई आउनु भयो र नास्ता खान जान कर गर्नुभयो। यसरी दाई तथा साथीहरूको सहयोगबाट खासै केही भएन । त्यो औलामा लागेको पीडा अर्को दिनसम्म पनि हल्का महसुस भएको थियो तर ज्वरो बन्द भईसकेको र रुघा पनि कम भएको थियो।

त्यसदिन त्यहा म एक्लै भएको भए त्यहा मलाई उद्धार गर्ने कोही हुदैनथ्यो मैले आकालमा ज्यान गुमाउनु पनि पर्थ्यो होला। जीवनमा यसअघि कहिल्यै पनि यस्तो घटना नघटेको हुदा अरूको कुरामा खासै बिश्वास नै लाग्दैनथ्यो तर त्यस दिन आफूलाई त्यस्तो हुदा पहिला त के भएको के हुदैछ भन्ने कुराको नै पत्तो पाइन। मौसम हावापानी परिवर्तन भएपछि त्यस अनुकुल बन्नको लागी केही समय लाग्ने हुदा त्यस समयमा बिषेश ख्याल पुर्याउनुपर्ने रैछ। अझ आफू कमजोर भएको बेला त झन बिषेश ख्याल पुर्याउनुपर्ने रहेछ ॥ कोही बिरामी भएको बेला कम खान्छन तर त्यस्तो बेलामा त झन बढी खानुपर्ने रहेछ॥ आपतबिपत पर्दा साथी दाजुभाई चाहिने हुदा साथीभाई बनाउनुपर्ने रहेछ॥ भन्नेजस्ता कुराको आज मलाई महसुस भएको छ ॥ मलाई यस्ता बेलामा साथ दिने सहयोग गर्ने सबैलाई आत्मैदेखी सधैभरी सम्झीरहनेछु र उहाहरूलाई धन्यवाद पनि भन्न चाहन्छु ।

!function(d,s,id){var js,fjs=d.getElementsByTagName(s)[0],p=/^http:/.test(d.location)?’http’:’https’;if(!d.getElementById(id)){js=d.createElement(s);js.id=id;js.src=p+’://platform.twitter.com/widgets.js’;fjs.parentNode.insertBefore(js,fjs);}}(document, ‘script’, ‘twitter-wjs’);

One thought on “जीवनका अनुभवहरु

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out / बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out / बदल्नुहोस )

Google+ photo

You are commenting using your Google+ account. Log Out / बदल्नुहोस )